Logo

कच्चा तेलको मुल्य सन् २००९ यताकै न्युन, प्रति ब्यारेल ५० डलरभन्दा कम

कच्चा तेलको मुल्य सन् २००९ यताकै न्युन, प्रति ब्यारेल ५० डलरभन्दा कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मुल्य प्रति ब्यारेल ४९ दशमलव ८६ अमेरिकी डलरमा झरेको छ । सोमबार मात्रै तेलको मुल्यमा ५ प्रतिशतले गिरावट आएको थियो ।
सन् २००९ को अप्रिल यता पहिलो पटक कच्चा तेलको मुल्य ५० डलरभन्दा तल झरेको सीएननले जनाएको छ ।

पछिल्लो समय विभिन्न कारणले गर्दा अन्तरराष्ट्रिय बजारमा तेलमो मुल्यमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

विश्व बजारमा आएको मागको कमिसँगै कच्चा तेलको मुल्यमा पनि गिरावट आएको हो । विशेषगरी युरोप, एशिया र ल्याटिन अमेरिकी देशहरुमा तेलको माग कमि भएकोले मुल्यमा पनि गिरावट आएको हो ।

यस्तै, पछिल्लो समय अमेरिकाले तेलको उत्पादन बढाएकोले पनि  विश्व बजारमा मागमा कमि आएको हो ।

तेलको मुल्यमा कमि आएपनि बढी तेल उत्पादन गर्ने साउदी अरबले भने तेल उत्पादनमा कुनै कटौती गरेको छैन ।

अन्तरराष्ट्रिय बजारमा तेलको मुल्यमा उच्च गिरावट आएपनि नेपाली बजारमा भने सोही अनुरुप तेलको मुल्य घटेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL