Logo

विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपालको हार, नेपाललाई हराउदै बंगलादेश सुपर आठमा

विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपालको हार, नेपाललाई हराउदै बंगलादेश सुपर आठमा



काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ ।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै एक सय ६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्