Logo

१० महिनामा रोजगारीका लागि ६ लाख नेपाली विदेशिए

१० महिनामा रोजगारीका लागि ६ लाख नेपाली विदेशिए



काठमाडौं । १० महिनामा ६ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उनीहरू रोजगारको लागि विदेश पसेका हुन् । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि ६ लाख ९ हजार ७ सय ५ जनाले देश छोडेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

laxmi

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात ७ थियो । विभागको तथ्याङ्क अनुसार गत आवको वैशाख सम्म वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २ सय ५५ जनाले देश छोडेका थिए ।
विभागका अनुसार वैशाखमा १६ हजार ९ सय ४९ जना मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई) मा १६ हजार ५ सय १२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।

त्यस्तै जापानमा १ हजार २९८ जना, रोमनियामा १ हजार ८४ जना र क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् । वैशाखसम्म यूएईका लागि १ लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । १० महिनामा मलेसिया भने ७९ हजार जना पुगेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २ सय ३५ र कात्तिकमा ४३ हजार ६ सय २२ जना रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ६८ हजार २ सय १ र पुसमा ६५ हजार ८ सय १३ जना रोजगारीका लागि विदेश गएका छन् । त्यस्तै माघमा ६२ हजार १ सय ४७ जना, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL