Logo

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।

laxmi

यस्तै आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आईतबार नेपाली बजारमा हालसम्मकै उच्च मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL