Logo

साढे २८ अर्बले बढ्यो नेपालका विद्यार्थीले विदेशमा पढ्न लैजाने रकम, शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड

साढे २८ अर्बले बढ्यो नेपालका विद्यार्थीले विदेशमा पढ्न लैजाने रकम, शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना (साउनदेखि चैतसम्म) विदेश पढ्न जाने नेपाली विद्यार्थीले ९५ अर्ब ८५ करोड रुपैयाँ लिएका छन् । यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा २८ अर्ब ६६ करोड रुपैयाँले बढि हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्षको यहि अवधिमा नेपाली विद्यार्थीले विदेशमा पढ्न जानलाई जम्मा ६७ अर्ब १९ करोड रुपैयाँ लिएका थिए । यस्तो रकम विद्यार्थीहरुले विदेशका विद्यालय, कलेज र विश्वविद्यालयहरुलाई अध्यापनका लागि बुझाउने रकम हो ।

यसैका कारण नेपालको सेवा खाता भने लगातार दवावमा परेको तथ्यांकमा देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ९ महिनामा नेपालको खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ ।
गत आर्थिक बर्षको यहि खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा थियो ।

सेवा खाता अन्तर्गत चालु आवको ९ महिनामा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड रुपैयाँ नेपाल भित्रिएको छ । गत आर्थिक बर्षको यहि समयमा यस्तो आय ४३ अर्ब १७ करोड रुपैयाँ पुगेको थियो । यता भ्रमण व्यतर्फ भने चालु आवको ९ महिनामा ४२.५ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ९५ अर्ब ८५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL