Logo

एकैदिन २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १७ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १६ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL