Logo

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य भने ओरालो

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य भने ओरालो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा ३ सय रुपैयाँले बढ्दै सुनको मूल्य आज उच्च विन्दुमा पुगेको हो ।

laxmi

महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि गएको मंगलबारमात्रै नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने केहि ओरालो लागेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय २० रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL