Logo

संकटतर्फ विश्वकै मूल्यवान अटो कम्पनी टेस्ला : निरन्तर ओरालोतर्फ उन्मुख, सेयरको मूल्य ३३ प्रतिशत घट्यो

संकटतर्फ विश्वकै मूल्यवान अटो कम्पनी टेस्ला : निरन्तर ओरालोतर्फ उन्मुख, सेयरको मूल्य ३३ प्रतिशत घट्यो



काठमाडौं । विद्युतीय कार उत्पादन गर्ने विश्वकै मूल्यवान अटो कम्पनी टेस्लाले आफ्ना १० प्रतिशतभन्दा बढी कर्मचारीलाई कामबाट निकाल्ने बताएको छ । कर्मचारीहरुलाई पठाएको सन्देशमा उनीहरुलाई रोजगारीबाट हटाइएको भनिएको छ । यस वर्ष टेस्लाको शेयरको मूल्यमा ठूलो गिरावट आएको छ । विद्युतीय गाडीको बजारमा बिक्री घट्नु र बढ्दो मूल्य युद्धको असर पनि कम्पनीले भोगिरहेको छ ।

laxmi

कम्पनीका सीईओ एलोन मस्कले सामाजिक सञ्जाल साइट एक्समा लेखेका छन्, ‘प्रत्येक पाँच वर्षमा हामीले विकासको अर्को चरणका लागि कम्पनीमा परिवर्तन गर्नुपर्छ ।’ टेस्लाका दुई वरिष्ठ कार्यकारी, ब्याट्री विकास प्रमुख ड्र्यू बाजिलिनो र सार्वजनिक नीति उपाध्यक्ष रोहन पटेलले पनि राजीनामा दिएका छन् । कतिपय लगानीकर्ता यी दुईको बिदाइबाट चिन्तित भए पनि मस्कले धन्यवाद दिएका छन् ।

सबै कर्मचारीहरूलाई पठाइएको सन्देशमा मस्कले भनका छन्, ‘कम्पनीको अर्को चरणको वृद्धिको लागि तयारी गर्दा, लागत घटाउन र उत्पादकत्व बढाउन हरेक पक्षलाई विचार गर्नु महत्वपूर्ण छ । यस प्रयासको एक भागको रूपमा, हामीले एक व्यापक समीक्षा गरेका छौं । संगठनको र विश्वव्यापीरूपमा हाम्रो कार्यबललाई दस प्रतिशतले घटाउने कठिन निर्णय लिएको छ ।’

पछिल्लो पटक मस्कले सन् २०२२ मा ठूलो मात्रामा कामदारहरू हटाएका थिए । त्यतिबेला उनले अर्थतन्त्रको बारेमा धेरै नराम्रो भावना रहेको बताएका थिए । तर, त्यस्ता कामदारहरूका बाबजुद २०२१ को अन्त्यसम्ममा कम्पनीका कर्मचारीको संख्या एक लाख ४० हजार पुगेको छ । अहिले १४ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् र तत्काल प्रभावबाट कामबाट हटाइएका छन् ।

बाजिलिनो धेरै लामोसमय देखि टेस्लाम मा काम गर्दै थिए । मस्कबाहेक, उनी चार व्यक्ति मध्ये हुन् जसको नाम कम्पनीको वेबसाइटमा नेतृत्व टोलीमा सूचीबद्ध छ । विज्ञहरू भन्छन् कि यो टेस्लाका लागि कठिन समय हो । रेक्स शेयर कम्पनीले इटीएफमा लगानी गर्छ । यसमा टेस्लाको शेयर पनि समावेश छ । कम्पनीका सीईओ स्कट अचायचेक भन्छन् कि टेस्लामा कटौती एक रणनीतिक कदम हो । तर रनिङ प्वाइन्ट क्यापिटल एडभाइजर्सका प्रमुख लगानी अधिकृत माइकल एश्ले शुलम्यानले कम्पनी छाड्नु नै कम्पनीको बृद्धि समस्यामा परेको सबैभन्दा ठूलो सङ्केत भएको बताउँछन् । टेस्लाका प्रमुख वित्तीय अधिकृत ज्याक किर्खर्न गएको एक वर्ष पनि बितिसकेको छैन ।

अप्रिल १५ मा, टेस्लाको शेयर ५.६ प्रतिबतशले घटेर १६१.४८ डलर मा बन्द भयो । अन्य विद्युतीय सवारी उत्पादक कम्पनी रिभियन अटोमोटिभको शेयर २.४ प्रतिशत र भिन्फास्ट अटोको शेयर ९.४ प्रतिशतले घटेको छ ।

यस महिनाको सुरुमा समाचार एजेन्सी रोयटर्सले समाचार प्रकाशित गरेको थियो कि टेस्लाले सस्तो कार लन्च गर्ने आफ्नो योजना फोहोरको टोकरीमा फ्याँकेको छ । कम्पनीले धेरै पहिले नै २५ हजार डलरमा निकै सस्तो इलेक्ट्रिक कार बजारमा ल्याउने वाचा गरेको थियो । यो कारले ठूलो बजार ल्याउने लगानीकर्ताको अपेक्षा थियो । मोडल २ नामको यो कार २०२५ को अन्त्यसम्ममा आउने मस्कले बताएका थिए । तर अप्रिल ५ मा कम्पनीले यो योजना स्थगित गरेको खबर आयो । यद्यपि, जवाफमा मस्कले लेखे, ‘रोयटर्सले झूट बोलिरहेको छ ।’ तर उनले कार र योजनाबारे केही भनेनन् ।

टेक्नोलोजी जगतका समाचारहरू प्रकाशित गर्ने वेबसाइट इलेक्ट्रेकले पहिलोपटक कर्मचारीहरू कटौतीको समाचार प्रकाशित गरेको थियो । उसले सोमबार सस्तो कार आयोजना बन्द गरी सो आयोजनामा काम गर्नेलाई हटाएको लेखेको छ । यस वर्ष टेस्लाको शेयरको मूल्य ३३ प्रतिशतभन्दा बढीले घटेको छ । टोयोटा र जनरल मोटर्स जस्ता अन्य कार कम्पनीहरूको मूल्य भने तीव्र गतिमा बढिरहेको छ । यो वर्ष टोयोटाको सेयर ४५ प्रतिशतले बढेको छ । एलोन मस्क भारतमा टेस्ला बेच्न निकै इच्छुक छन् । उनले यसै महिना भारत भ्रमण गर्ने र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने बताइएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL