Logo

सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च

सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा मंगलबार पहेँलो धातु ‘सुन’को मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै मंगलबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो ।

laxmi

सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढ्दै १७ सय ५० रुपैयाँ पुगेको छ । यसअघि नेपाली बजारमा सोमबार चाँदी प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL