Logo

चैतमा सरकारले उठायो ४८ करोड बढी पुँजीगत लाभकर, सर्वधारणले मात्र बुझाए ३९ करोड

चैतमा सरकारले उठायो ४८ करोड बढी पुँजीगत लाभकर, सर्वधारणले मात्र बुझाए ३९ करोड



काठमाडौं । सेयर बजारका लगानीकर्ताले चैत महिनामा सरकारलाई ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ बराबरको पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बुझाएका छन् ।

laxmi

सरकारलाई बुझाएको लाभकर मध्ये ३९ करोड ५० लाख ८६ हजार रुपैयाँ सर्वसाधारण लगानीकर्ताले सरकारलाई तिरेका छन् । लगानीकर्ताले सर्ट ट्रम ११ करोड १३ लाख र लङ ट्रम २८ करोड ३७ लाख पुँजीगत लाभकर तिरेका छन ।

यसैगरी, कर्पोरेट ट्याक्स ८ करोड ८३ लाख उठेको छ । फागुनमा लगानीकर्ताले (कर्पोरेट सहित) ४४ करोड ९ लाख २२ हजार रुपैयाँ क्यापिटल गेन ट्याक्स तिरेका थिए । त्यसमध्ये ३६ करोड ७८ लाख ९१ हजार रुपैयाँ सर्वसाधारणले सरकारलाई तिरेका छन ।

यसैगरी, फागुन महिनामा कर्पोरेट ट्याक्स भने ७ करोड ३० लाख उठेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । फागुनको भन्दा चैतमा लगानीकर्ताले सरकारलाई तिरेको पुँजीगत लाभकर ४ करोड २५ लाख रुपैयाँले बढेको छ

प्रतिक्रिया दिनुहोस्
MBL