Logo

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, बुधबार हालसम्मकै उच्च मूल्यमा कारोबार

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, बुधबार हालसम्मकै उच्च मूल्यमा कारोबार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । यसै अनुरुप बुधबार पनि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुनको मूल्य १ लाख ३१ हजार २ सय रुपैयाँ थियो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दु १६ सय १० रुपैयाँ पुगेको हो । मंगलबार प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज एकैदिन ६५ रुपैयाँले बढ्दै प्रतितोला १६ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL