Logo

एयर एसियाको विमान सम्पर्क विहनि, चालक दल सहित १ सय ६२ यात्रु सवार

एयर एसियाको विमान सम्पर्क विहनि, चालक दल सहित १ सय ६२ यात्रु सवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ पुस, काठमाडौं । एयर एसियाको क्युजेट ८५०१ विमान सम्पर्क विहिन भएको छ । इन्डोनेसियाको सुरावयाबाट सिंगापुर तर्फ जाँदै गरेको सो सम्पर्क बिहिन भएको छ । स्थानीय समयअनुसार बिहान ६ ः१५ बजेदेखि एयर ट्राफिक कन्ट्रोलको सम्पर्कमा नरहेको बताइएको छ ।

हाल घटनाबारे विस्तृत जानकारी आइनसकेको बिबिसीले जनाएको छ । इन्डोनेसियाका सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विमानमा १ सय ५५  जना यात्रु सवार थिए ।

जसमा इण्डोशिनय समाचार माध्यमका अनुसार विमानमा १ सय ४९ जना इण्डोनेशियन नागरिक रहेका थिए । यसैगरी ३ जना कोरियन, १ जना सिङ्गापुरको, १ जना व्रिटेन र १ जना मलेशियन नागरिक रहेका थिए । विमान ट्राफिक कन्ट्रोलिङमा रहेका कर्मचारीले दिएको जानकारीअनुसार विमान हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे सोधेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL