Logo

पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार नगर्न हिमालयन इन्टरप्राईजेजको आग्रह

पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार नगर्न हिमालयन इन्टरप्राईजेजको आग्रह



काठमाडौं । हिमालयन इन्टरप्राइजेज प्रालिले पुल्चोकस्थित आफ्नो जग्गा सम्वन्धमा भ्रमपूर्ण प्रचार गर्ने काम भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

laxmi

कम्पनीले २०३८ सालदेखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेजका नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गा सम्वन्धमा विगत केही दिनदेखि केही समूहले अनधिकृतरुपमा हक कायम गर्ने प्रयास गरिरहेको र कम्पनीका सञ्चालकहरुको व्यक्तिगत मानप्रतिष्ठामा आँच आउनेगरि बिभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालमा भ्रमपूर्ण कुराहरु सम्प्रेषण गरिएको बताएको छ ।

कम्पनीले विज्ञप्तिमा २०५१ जेठ १० मा कम्पनी खरीद गरेसँगै कम्पनीको सम्पत्तिको रुपमा आएको उक्त जग्गा छुट दर्ता सम्वन्धमा सर्वोच्च अदालतवाट २०५७ जेठ ३२ मा भएको फैसला एवं ९सम्वत् २०५९ को रिट नं। २७९९० मिति २०६२ कात्तिक १ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयबाट कानूनबमोजिम गर्नु भनि भएको फैसलाअनुरुप कार्वाही हुँदा मिति २०६६ साउन १२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पूर्ण गुठी तथा सम्वन्धित पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरेपश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भएअनुरुप २०६७ पुस २९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको जनाएको छ ।

सो जग्गा सम्वन्धमा विभिन्न व्यक्तिहरुले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेता पनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४–सीआई–०४८२) र (०७४–सीआई–०४८४) मा सर्वोच्च अदालतवाट मिति २०७९ फागुन २३ अन्तिम फैसला भसकेको कम्पनीको भनाई छ ।

हिमालयन इन्टरप्राईजेजले कानूनबमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिकरुपमा जग्गामाथि अनधिकृतरुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन आग्रह गरेको छ । कम्पनीले सत्य तथ्य बुझी समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्
MBL