Logo

पुँजी बजार सुधारका लागि एक्सनमा अर्थमन्त्री पुन, एक हप्ताभित्र कार्ययोजना पेश गर्न तीनवटै निकायलाई निर्देशन

पुँजी बजार सुधारका लागि एक्सनमा अर्थमन्त्री पुन, एक हप्ताभित्र कार्ययोजना पेश गर्न तीनवटै निकायलाई निर्देशन



काठमाडौं । पुँजी बजार विकास र विस्तारका लागि तत्काल कार्ययोजना पेश गर्न अर्थमन्त्री बर्षमान पुनले निर्देशन दिएका छन् । लामो समयदेखि जकडिएर बसेको सेयर बजारको समस्या पहिचान गरी १ हप्ताभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । अर्थमन्त्री पुनले सेयर बजारसँग सम्बन्धित नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज र सिडीएससीलाई सम्बद्ध सरोकारवालाहरुसँग राय लिएर कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

laxmi

२०७८ भदौंमा हालसम्मकै उच्च ३ हजार २ सय अंक पार गरेर झरेको बजार त्यसयता लगातार वियरिस ट्रेण्डमा छ । समान्यतया बजारमा लगानीयोग्य रकमको अभाव र कर्जाको ब्याजदर उच्च हुँदा नेप्से परिसुचक घट्छ । तर, पछिल्लो समय बजारमा उच्च तरलता र सोही अनुरुप कर्जाको ब्याज निरन्तर घट्दा पनि सेयर बजार भने बढ्न सेकेको छैन । सोही अनुरुप देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भुमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय लिई एक हप्ताभित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री पुनले निर्देशन दिएका हुन् ।

अहिले ६२ लाख डिक्याट खात र ३४ लाख सक्रिय लगानीकर्ता छन् । सोही अनुरुप सरकार सफल र असफलको ऐनाको रुपमा सेयर बजारको वृद्धि र गिरावटलाई हेरिँदै आएको छ । सेयर बजार बढ्दा सरकार सफल भएको भन्दै समाचारदेखि सामाजिक संजालहरुमा प्रचारप्रसार गरिन्छ भने घट्दा सरकारको अफलतासँग जोडिन्छ । पछिल्लो समय समय लगानीकर्ताको मनोविज्ञानले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पुँजी बजारमैत्री मन्त्रीको रुपमा लिँदै आएको छ । यसपटक पनि अर्थमन्त्री पौडेल बन्ने हल्लाले बजारमा लामो समयपछि एकाएक सर्किट लागेको थियो । तर, अर्थमन्त्रीको रुपमा उनको चर्चा हराएसँगै भोलिपल्टै बजारमा उच्च गिरावट आएको थियो ।

उद्यपि नयाँ अर्थमन्त्रीको रुपमा बर्षमान पुनको इन्ट्रीसँगै सेयर बजारले सर्पोट गर्दै लगातार उकालो बाटो तय गरेको छ । अर्थमन्त्री पुनले आफुले कार्यभार सम्हालेसँगै जकडिएको सेयर बजार सुधारका लागि सम्बद्ध सरोकारवालासँग छलफल अघि बढाएका छन् भने हिजो (आईतबार) मात्रै सम्बद्ध निकायलाई कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीको उक्त सक्रियातासँगै पुँजी बजारले गति लिने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL