Logo

दुध तथा सम्पूर्ण दुग्धजन्य पदार्थको आयातमा सरकारले लगायो प्रतिबन्ध, नेपाली किसान र उद्योगलाई राहत

दुध तथा सम्पूर्ण दुग्धजन्य पदार्थको आयातमा सरकारले लगायो प्रतिबन्ध, नेपाली किसान र उद्योगलाई राहत



काठमाडौं । सरकारले दुध तथा दुग्ध उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको कृषि तथा पशुपन्छी व्यवसाय, प्रर्वद्धन महाशाखाले आन्तरिक खपतमा समस्या देखिएको भन्दै आयात स्थगन गरेको जानकारी दिएको हो । महाशाखाले खाध प्रविधि तथा गुण नियन्त्रण विभागलाई सोबारेमा जानकारीसमेत गराएको छ ।

laxmi

सरकारले अहिले आयात हुँदै आएको चिल्लो हटाईएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी), डेरी ह्वाइटनर, मिल्क पाउडरलगायको पैठारीमा पूर्ण रोक लगाउने निर्णय गरेको हो । यस्तै जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेको, नौनी(बटर), घ्यूको पैठारीमा पनि पूर्ण रोक लगाएको छ । यस्तै प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिजको पैठारीमा पूर्ण रोक लगाइको छ ।

मन्त्रालयको फागुन २ को निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि लागि दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न रोक लगाइएको मन्त्रालय अन्र्तगतको क्वारेन्टाइन समन्वय शाखाका अधिकृत सुजित पौडेलले जानकारी दिए । उनका अनुसार दुध तथा दुग्ध जन्य पदार्थहरुको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उधोगको समेत) सोही रुपमा हुन नसक्ने, बाह्य मुलुकमा सम्भाव्य वस्तुहरुको निर्यात हुन नसक्नु र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्धजन्य पदार्थको अत्याधिक मौज्दात हुँदा समस्या सृजना भएकाले आयातमा प्रतिबन्ध लगाइएको हो ।

‘अहिले आन्तरिक परिस्थितिका कारणले उधोग सञ्चालन गर्न कठिन भएको तथा कृषकहरुले दुध तथा दुग्ध जन्य पदार्थको विक्रि भएको उपजको समेत भुक्तानी पाउन नसकेको विषयलाई सम्बोधन गर्न, कृषकहरु तथा स्वदेशी उधोगहरुको संरक्षणका लागि आवश्यक पहल समेत गर्न आवस्यक देखिएकोले “दुध तथा दुग्ध उत्पादनको सेफगार्डस, एन्टी डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग सम्बन्धमा अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अनुरोध गर्ने साथै हाल देखिएको समस्याको अस्थायी समाधानका लागि यो निर्णय गरिएको हो’, उनले भने । सरकारको यो निर्णयले नेपाली किसान र उद्योगलाई राहत पुग्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL