Logo

ब्याटिङ नचल्दा नेपाल ओमानसँग पराजित : समूह विजेता बन्न चुक्यो, सेमिफाइनलमा युएईको सामना गर्ने

ब्याटिङ नचल्दा नेपाल ओमानसँग पराजित : समूह विजेता बन्न चुक्यो, सेमिफाइनलमा युएईको सामना गर्ने



काठमाडौँ । काठमाडौँमा जारी टी– २० विश्वकप छनौटअन्तर्गत नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १४० रन बनाएपछि खेल ओमानले ५ रनले खेल जितेको हो ।

laxmi

यो जितपछि ओमान समुह ए मा समुह विजेता बनेको छ भने नेपाल उपविजेता बनेको छ । नेपालले अब सेमिफाइनलमा युएईको सामना गर्ने भएको छ । सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा हुने छ ।

यस खेलमा नेपालका कुशल भुर्तेल २६, आसिफ सेख ५, सोमपाल कामी १२, कुशल मल्ल १०, कप्तान रोहित पौडेल १२, सन्दीप जोरा १२, गुलशन झा ३ रन, सन्दीप लामीछानेले २ रन बनाएर आउट भएका थिए । त्यस्तै करण केसीले अविजित १५ र विवेक यादवले २४ बलमा ३९ रन बनाएका थिए ।

त्यसैगरी ओमानका बलर बिलाल खानले ३ विकेट लिए भने सकील अहमद, अकिब इलियास र मेहरान खानले २(२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL