Logo

पठाओ र इनड्राइभ ‘अफलाइन’ चलाउने ८३ जना पक्राउ

पठाओ र इनड्राइभ ‘अफलाइन’ चलाउने ८३ जना पक्राउ



काठमाडौं । ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

laxmi

अफलाइन यात्रा गर्दा आपराधिक घट्ना हुने सक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एसपी कुमुध ढुंगेलले जानकारी दिएका छन् । पक्राउ परेकाहरूलाई काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी छ । अफलाइन चलाउने पठाओ र इनड्राइभमा चढेर सवारी नगर्न पनि प्रहरीले यात्रुहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL