Logo

सम्पत्ती शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित : व्यक्तिगत बचतको अधिकतम सीमा हट्यो, सीमा क्षेत्रबाट ५ किमि टाढामात्रै क्यासिनो

सम्पत्ती शुद्धिकरण विधेयक संसदीय समितिबाट पारित : व्यक्तिगत बचतको अधिकतम सीमा हट्यो, सीमा क्षेत्रबाट ५ किमि टाढामात्रै क्यासिनो



काठमाडौं । सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । कानून, न्याय तथा मानव अधिकार उपसमितिले मंगलबार बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पारित गरेको हो ।

laxmi

जसअनुसार अब व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ । यस्तै क्यासिनो सञ्चालनको सम्बन्धमा विदेशी सीमाबाट ५ किलोमिटर बाहिर हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रचलित कानूनअनुसार ३ किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरु कायम राखिने छ । ३ किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरुको हकमा आगामी तीन वर्ष भित्रमा ५ किलोमिटरको सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको उल्लेख छ ।

यस्तै क्यासिनो सञ्चालनको इजाजतपत्रप्राप्त व्यक्तिले ग्राहकबाट करबापत कट्टा गरिएको रकम कट्टा भएकै दिन राजस्व खातामा जम्मा गर्नु पर्ने उपसमितिको प्रस्ताव समितिले हेरफेर नगरी पारित गरेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL