Logo

नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरू दसैँअघि नै ग्राहकहरूले पाउने

नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरू दसैँअघि नै ग्राहकहरूले पाउने



काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।

laxmi

भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई सी थ्रि र पेट्रोल गाडी सिट्रोन सी थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सी थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो ।

सांग्रिला मोटर्सका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बूक भएका थिए तिनीहरू सबै दसैँ अगाडि नै वहाँहरूको हातमा पुर्‍याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL