Logo

नेपालमा पुनर्बीमा कम्पनी सुरु, विश्व बजारमा पुग्ने कम्पनीको योजना

नेपालमा पुनर्बीमा कम्पनी सुरु, विश्व बजारमा पुग्ने कम्पनीको योजना


रामराजा श्रेष्ठ
0
Shares

बीजखबर संवाददाता
logo3-300x54७ पुस, काठमाडौं ।  नेपालमा पुनर्बीमा कम्पनी सुरु भएको छ । २०६० सालमा स्थापना भएको आकस्मिक बीमा कोषलाई नै पुनर्बीमा कम्पनीमा परिणत गरिएको बझिएको छ ।
गएको २१, कात्तिकमा नेपाल पुनर्बीमा कम्पनी दर्ता भएको थियो । आज सोमवार अर्थमन्त्री डा.रामशरण महतले उद्घाटन गरेर कम्पनीको औपचारिक सुरुआत गर्दैछन् ।

कम्पनीको सञ्चालक समितिमा सात जना रहने व्यवस्था गरीएको छ ।
कम्पनीको सञ्चालक समितिमा दुई जना निर्जीवन बीमा कम्पनीको तर्फबाट, एक जना जीवन बीमा कम्पनीका तर्फबाट, एक जना विज्ञ र अध्यक्ष सहित तीन जना संचालक नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था छ । कोषमा निर्जीवन बीमा कम्पनीहरुको मात्र लगानी र प्रतिनिधित्व थियो । पुर्नबीमा कम्पनीमा जीबन बीमा कम्पनीहरुलाई पनि भित्र्याइएको छ ।
कम्पनीमा नेपाल सरकारले ४३ प्रतिशत सेयर लगानी गरेको छ । निर्जीबन बीमा कम्पनीहरुले ३९ प्रतिशत र जीबन बीमा कम्पनीहरुले १८ प्रतिशत सेयर लगानी गरेका छन् ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कोषको २०६९÷७० को अन्तिमसम्मको डिडिए गर्दा यसको नेटवर्थ १ अर्ब ९६ करोड रुपैयाँ देखिएको थियो । ७०÷७१ मा पनि ५० करोड नाफा हुन्छ भनेर त्यस्तो गरिएको थियो । कम्पनीको अधिकृत पूजी १० अर्ब रुपैयाँ राखिएको छ ।

अहिले कम्पनीको कार्यालय डिल्लीबजारमा छ । कम्पनीले आफ्नो कार्यालय सवैलाई पायक पर्ने ठाउमा सार्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्साले जानकारी दिए । यस्तै अहिले १०÷१२ जना मात्रै कर्मचारी भएकोमा आवश्यकता अनुसार कर्मचारी थप गर्ने कम्पनिले जनाएको छ ।
यसैगरी बीमा समिति स्रोतका अनुसार भारतको प्रतिष्ठित पुनर्बीमा कम्पनी जिआइसी इन्डियाले साझेदारी गर्न खास चासो देखाएको समितिका अधिकारीको भनाइ छ ।

नेपाल पुनर्बीमा कम्पनीले नेपाली पुनर्बीमा बजारको करिब २० प्रतिशत हिस्सा लिन सकिने आकलन गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत लम्साल भन्छन– नेपालमा अहिललेसम्म पुर्नबीमा कम्पनी थिएन । सवै कम्पनीले विदेशी कम्पनीसँग पुर्नबीमा गर्थे । सुरुका दिनमा पुर्नबीमा वापत बिदेशीने पुर्नबीमा प्रिमियम रकमको १५÷२० प्रतिशतसम्म रोक्ने र पछि सबै रोक्ने हाम्रो योजना हो । यो साल दुई अर्ब रोक्न सकियो भने अर्को बर्ष २ अर्ब ५० करोड रोक्न सकिन्छ । हाम्रो दीर्घकालिन सोच भनेको पुर्नबीमा मार्फत विदेशिने पुरै रकम रोक्ने र विदेशी रकम पनि तान्ने हो । यसका तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने हुन्छ ।’
पुनर्बीमा कम्पनीको विषेशता भनेको यसका सेयरधनी र ग्राहक एकै हुन् । कम्पनीमा सवै नेपाली बीमा कम्पनीको गरी ५७ प्रतिशत सेयर लगानी छ । यसमध्ये जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीको ३९ प्रतिशत सेयर लगानी छ । सवै बीमा कम्पनीले अनिवार्य रुपमा पुनर्बीमा गराउनु पर्ने भएकोले नेपाल पुनर्बीमा कम्पनीको सेयरधनी र ग्राहक एउटै भएका छन् ।

कम्पनीले तीन प्रकारको योजना बनाएको छ । पहिलो दुई बर्षमा अल्पकालिन योजनासहित आन्तरिक बजार आफ्नो हातमा पार्ने रहेको छ । दोस्रो मध्यकालिन योजना तीन बर्षको बनाइएको छ । त्यसमा सार्क राष्ट्र तथा एसियाभर बजार विस्तार गर्ने । अनि तेस्रो तथा दीर्घकालिन चरणमा हामी विश्व बजारमा पुग्ने कम्पनीले योजना बनाउदै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL