Logo

आजको मौसम पूर्वानुमान : देशभर बर्षा, पाँच प्रदेशमा ठूलो पानी पर्ने

आजको मौसम पूर्वानुमान : देशभर बर्षा, पाँच प्रदेशमा ठूलो पानी पर्ने



काठमाडौं । अहिले नेपालमा मनसुनको प्रभाव रहेको छ । आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

laxmi

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेशका केही स्थानहरूका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

झापाका विभिन्न ठाउँमा गए रातिदेखि भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगढी आसपास क्षेत्रमा भारी वर्षा भएको छ । विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL