Logo

आजको मौसम : देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने

आजको मौसम : देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीमा भारी वर्षा हुने



काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ । यस्तै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ ।

laxmi

आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL