Logo

आर्थिक सर्वेक्षण : मर्जरले बैंक घटेपनि शाखा बढ्दै, वित्तीय पहुँच उल्लेख्य

आर्थिक सर्वेक्षण : मर्जरले बैंक घटेपनि शाखा बढ्दै, वित्तीय पहुँच उल्लेख्य



काठमाडौं । आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएका कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको देखिएको छ ।

चालु आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता ४ करोड ९२ लाख ५ हजार र कर्जा खाता १८ लाख ५४ हजार रहेको सर्वेक्षणमा उल्लेख छ । यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६५ हजार र इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको बताईएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएको देखिएको छ ।

पछिल्ला वर्षमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको छ । डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL