Logo

Global_Ime

श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन

श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन



काठमाडौं । श्रीमद् भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच महामण्डलेश्वर स्वामी प्रखर जीमहाराजको उपस्थितिमा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले उक्त नेपाली अनुवादको किताव विमोचन गरेको हो । उक्त विमोचन कार्यक्रमको व्यवस्थापन गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंले गरेको हो ।

laxmi bank orange saving
NABIL

गीताप्रेस शताव्दीवर्ष महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताहव्यापी कार्यक्रममा झक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानवमात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तक निःशुल्क वितरण पनि गरिएको थियो ।

यसै अवसरमा २०८० साल बैशाख २६ गते माहेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त शुभकामना सन्देश वाचन गरी शुभारम्भ गरिएको कार्यक्रम नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै गीता प्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले गीता प्रेस शताब्दीवर्ष महोत्सव भएकोमा खुशी व्यक्त गरिन् । उनले सनातन धर्मको क्षेत्रमा गीताप्रेसको योगदान अतुलनीय रहेको र १०० वर्षको इतिहास आफैंमा एउटा गौरवमय रहेको हुँदा १०० वर्षको इतिहास भएको संस्था गीताप्रेस गोरखपुर विश्व सम्पदामा सुचिकृत हुनु पर्ने बताईन् ।

यस किसिमका कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्तगर्दै गीताप्रेस शताब्दी वर्षको शुभकामना दिईन् । सो कार्यक्रममा श्रीमद्भागवतमहापुराणका नेपाली सम्पादक प्रा. शिवगोपाल रिसालले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाश पारेका थिए । यस्तै श्रीशिवमहापुराणका नेपाली संपादक प्रा.डा. काशीनाथ न्यौपानेले श्रीशिवमहापुराणको बारेमा प्रकाश पारेका थिए । यस्तै उनिहरुले आगामी दिनमा गीताप्रेसबाट पुराण एवं सनातन साहित्यका पुस्तकहरु नेपाली भाषामा प्रकाशित हुँदै जाने बताएका छन् ।

कार्यक्रममा पुशपतिनाथका मूल भट्ट गणेश रावल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले शुभकाना दिएका थिए । कार्यक्रमका अतिथि गीताप्रेस गोरखपुरका टष्ट्री देवी दयाल अग्रवालले गीताप्रेसको १०० वर्षको इतिहास र नेपालका लागि नेपाली भाषाको पुस्तकहरु छपाइमा गीताप्रेसको तर्फबाट भएका कार्य र आगामी दिनमा गरिने कार्यको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा गीताप्रेस गोरखपुरका संचालक समितिका सदस्य रामनारायण चाण्डकको पनि पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, मारवाडी समाजका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc