Logo

अब विदेशबाट फर्किँदा २ ओटा मोबाईल ल्याउन पाईने, यस्तो छ मन्त्रिपरिषदको निर्णय

अब विदेशबाट फर्किँदा २ ओटा मोबाईल ल्याउन पाईने, यस्तो छ मन्त्रिपरिषदको निर्णय



काठमाडौं । मन्त्रिपरिषदको बैठकले अब विदेशबाट आउँदा २ ओटा मोबाईल ल्याउन पाईने व्यवस्था गरेको छ । मंगलबार बसेको बैठकले यसअघिको आफुले चलाईरहेको मोबाईल मात्रै ल्याउन पाईने व्यवस्था परिवर्तन गर्दै थप एक मोबाईल ल्याउन पाईने व्यवस्था गरेको हो ।

laxmi

सरकारले झिटीगुण्टा नियमावली संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि विदेशबाट फर्किनेले आफ्नो साथमा आफुले चलाउने गरेको मोबाईल मात्रै ल्याउन पाईने व्यवस्थाको विरोध भएको थियो ।

विदेशमा काम गरेर कमाएको पैसाले आफन्तलाई एक मोबाईलसमेत गिफ्ट ल्याउन नपाउने भएपछि विदेशमा बस्ने नेपालीहरु पनि रुष्ट बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL