Logo

बालेनले पनि सुधार्न सकेनन् काठमाडौं : केयुकेएल, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी बने भिलेन

बालेनले पनि सुधार्न सकेनन् काठमाडौं : केयुकेएल, विद्युत प्राधिकरण र मेलम्ची खानेपानी बने भिलेन



काठमाडौं । केही दिनअघि उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफु मन्त्री भएसँगै काठमाडौंका सडकमा रहेका ७० प्रतिशत खाल्डाखुल्डी पुरेको दाबी गरे । उनको दाबी पत्याउने हो भने अहिले काठमाडौंका सडकमा सुधार महसुस हुनुपर्ने हो । काठमाडौं महानगरपालिकाले खाल्डाखुल्डी टाल्नका लागि भन्दै शुरु गरेको पूर्वाधार एम्बुलेन्स पनि गुनासो आउन छाडेको र काम नभएको भन्दै अहिले सञ्चालनमा रहेको छैन् । तर, काठमाडौंका सडक अहिले पनि सवारीचालक र यात्रुका लागि धराप बनिरहेका छन् । यसले काठमाडौं महानगरको मेयरका रुपमा विजयी भएर नेतृत्व लिएका बालेन्द्र (बालेन) शाहको काठमाडौं सुधारको योजनामाथि नै प्रश्न उठिरहेको छ ।

laxmi

नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, मेलम्ची खानेपानी आयोजनालगायतले आफ्नो कामका लागि सडक खन्ने र अलपत्र पार्ने पुरानै प्रवृत्ति दोहोर्याउँदा दैनिक सयौं यात्रुहरु यसको मारमा परेका छन् । काठमाडौंका सडकमा खाल्डाखुल्डी नै नराख्ने प्रण गरेको काठमाडौं महानगरपालिकालाई नै चुनौतीका रुपमा सडकमा दैनिक गाडी, मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनहरु अनियन्त्रित खाल्डोमा परेर दुर्घटना हुने क्रम रोकिएको छैन् ।

सका प्रत्यक्षदर्शी हुन् काठमाडौं चुनदेवीका विकास महर्जन । महाराजगंज अमेरिकी दूतावासभन्दा केहि तल र टिचिङ अस्पतालभन्दा केहि माथि बीचमा उनको फेन्सी पसल छ । पसल अगाडि केयुकेएलले पाइप मर्मतका लागि खनेको ठुलो खाल्डो छ । सोही खाल्डोमा परी दैनिक दर्जनौ सवारीचालकहरु ढलेको उनैले देखेका छन् । धेरैलाई त उनी आफै गएर उठाईदिएका पनि छन् । यस्तो समस्या उक्त सडकअन्तर्गतको तालिम केन्द्र, पानीपोखरी, सांग्रिला, लैनचौर, चक्रपथ चोकलगायतका स्थानमा अझै पनि देख्न सकिन्छ ।

सडकमा विभिन्न निकायले खाल्डाखुल्डी पारेपनि दोष भने काठमाडौं महानगरपालिकालाई आउने गरेको छ । काठमाडौं उपत्यकाकामा मेलम्चीको पानी आएसँगै धेरै स्थानमा पानी चुहावट भईरहेको छ । यस्तो चुहावट मर्मत गर्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले धेरै स्थानमा सडक खन्दै अलपत्र पार्ने गरेको छ । हाल काठमाडौंको महाराजगंज सडक क्षेत्रका धेरै स्थानमा मात्रै पछिल्लो ३ महिनादेखि धेरैपटक खन्ने काम भयो । यो स्थानका धेरै ठाउँमा ठूला खाल्डा, र हिलो भएको सडक अझै देख्न सकिन्छ ।

बर्खायाममा बन्द रहेको गरिएको मेलम्ची आयोजनाको पानी गत मंसिरको अन्तिम हप्तातिर काठमाडौं ल्याइएको थियो । त्यसबेला दैनिक १० करोड लिटर पानी काठमाडौं ल्याएर काठमाडौंमा विछ्याईएको नयाँ पाइपलाइनमार्फत वितरण परिक्षण गरिएको थियो । त्यसको केहिदिनपछि पुनः फुल फ्लेजमा अर्थात दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्न थालिएपछि धेरै स्थानमा पानी लिक भयो । त्यसपश्चात केयुकेएलले आफ्नो पुरानै प्रणालीमार्फत पानी वितरण सुरु गर्याे र पुरानो प्रणालीमा पनि अत्याधिक चुहावट भयो । केयुकेएलका अनुसार त्यसअवधिमा काठमाडौंभर १ हजार १ सय बढी स्थानमा मेलम्चीको पानी चुहावट भएको थियो । सो चुहावट मर्मत गर्नकै लागि केयुकेएलले धेरैजसो स्थानमा सडक खन्दै पाइप टाल्दै गरिरहेको छ ।

सोही कामका लागि खनिएको सडकका कारण हाल सडकैभरी धुलो, हिलो खाल्डाखुल्डी यत्रतत्र देख्न सकिन्छ । तर, यसमा आफ्नो मात्रै दोष नभएको केयुकेएल बताउँदै आएको छ । ‘हामीले पानी चुहावट भएपछि १ हजार बढी स्थानमा मर्मत गरिसकेका छौं, त्यसका लागि सडक खन्नु पनि पर्याे,’ केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले भने, ‘तर, सडक फोहर हुनुनमा हाम्रो मात्रै दोष छैन, सडक त विद्युत प्राधिकरणले, र आयोजना कार्यान्वयन ईकाईलेसमेत खनिरहेका छन् ।’

हाल उपत्यकाका धेरै स्थानमा नेपाल विद्युत प्राधिकरणले विद्युतको तार भूमिगत गर्नका लागि फुटपाथ र सडक खनिरहेको छ । यता आयोजना कार्यान्वयन इकाईले पनि मेलम्चीको नयाँ पाइप संजाल विछ्याउने कार्य अघि बढाइरहेको छ । यी सबै निकायहरुले सडक डिभिजन कार्यालय काठमाडौंबाट अनुमति लिएर सडक खनेपनि भनेबमोजिम मर्मत नगरिदिँदा भने स्वयं सडक विभाग र काठमाडौं महानगरसमेत आजित बनेका छन् ।

तर, यसरी बाटो खनेर अलपत्र पार्दै सर्वसाधारणलाई नै सास्ती पुर्याउने निकायलाई काठमाडौं महानगरपालिकाले बेलोबेलामा घच्घच्याउँदै आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर बताउँछन् । काठमाडौं महानगरभित्रका राम्रा नराम्रा कामको दोष र जस महानगरलाई आउनु स्वभाविकै भएपनि शहरी सौन्दर्यतामा खलल पुर्याउने निकायलाई भने बेलैमा सडकको मर्मत गरिदिन महानगरपालिकाले आग्रह गरिरहेको उनले बताए । काठमाडौं महानगरपालिकाले पनि त्यस्ता ठाउँमा खाल्डाखुल्डी भएको गुनासो आएमा तुरुन्तै पुरिदिने काम गरिरहेको छ । प्रवक्ता मानन्धरका अनुसार अबको केही महिनामा विद्युत प्राधिरकरण केयुकेएललगायतका निकायको काम सम्पन्न भएपछि पुनः काठमाडौंका सडक सुन्दर हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL