Logo

निर्माण व्यवसायीको समस्याहरूबारे महासंघद्धारा संस्कृति मन्त्री किरातीको ध्यानाकर्षण

निर्माण व्यवसायीको समस्याहरूबारे महासंघद्धारा संस्कृति मन्त्री किरातीको ध्यानाकर्षण



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई भेटी निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे अवगत गराएको छ ।

laxmi

मन्त्री किरातीसँगको भेटमा अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनुपर्ने बताए ।

व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएको प्रति अध्यक्ष सिंहले मन्त्री किरातीको ध्यानाकर्षण गराए । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन उपयुक्त हुने सुझाव पनि अध्यक्ष सिंहले दिए । जवाफमा मन्त्री किरातीले व्यवसायीहरूका समस्याबारे आफूले विगतमा संसद्मै आवाज उठाएको स्मरण गराउँदै ठाउँ विशेषमा आवश्यक्ता भन्दा बढीका परियोजना पुग्दा पनि समस्या आएको बताए ।

महासंघ प्रतिनिधिमण्डलले मन्त्री किरातीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, सल्लाहकार निकोलस पाण्डे, महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्य दानबहादुर खड्का र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL