Logo

प्रधानमन्त्रीका कान्छा ज्वाईँ प्रदेश १ को मन्त्री पदमा नियुक्त, अन्य दुई जना मन्त्री को को भए ?

प्रधानमन्त्रीका कान्छा ज्वाईँ प्रदेश १ को मन्त्री पदमा नियुक्त, अन्य दुई जना मन्त्री को को भए ?



काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का कान्छा ज्वाईँ प्रदेश १ को मन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्की मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्रीका कान्छा ज्वाईँ जीवन आचार्यलाई मन्त्रीमा नियुक्त गरिएको हो । प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान आचार्य नेकपा माओवादी केन्द्र मोरङ १ बाट निर्वाचित प्रदेश सांसद हुन् ।

laxmi

यस्तै प्रदेश १ मन्त्रीमण्डलमा उनीसहित माओवादीबाट तेह्रथुम १ (२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १ (२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी पनि नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL