Logo

एक महिनामै थपियो ११ अर्ब ४८ करोड चालु पूँजी कर्जा : सबैभन्दा बढी व्यापारीलाई, सेवा क्षेत्रमा घट्यो

एक महिनामै थपियो ११ अर्ब ४८ करोड चालु पूँजी कर्जा : सबैभन्दा बढी व्यापारीलाई, सेवा क्षेत्रमा घट्यो



काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै करिव ११ अर्ब ४८ करोड रुपैयाँ बराबरको चालु पुँजी कर्जा स्वकिृत भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न बैंकहरुले साउन महिनामा मात्रै ११ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबरको चालु पुँजी कर्जा वितरण गरेका हुन् ।

laxmi

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो महिना असारसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले १० खर्ब १४ अर्ब ४ करोड रुपैयाँ चालु पुँजी कर्जा वितरण गरेका थिए । यस्तै त्यसको पछिल्लो महिना साउनमा भने उक्त कर्जा बढेर १० खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । यो भने साउन महिनामा मात्रै उक्त कर्जा ११ अर्ब ४७ करोड बढीले बढेको देखिन्छ ।

पछिल्लो पटक नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा केहि हेरफेर गरेपछि व्यवसायीहरु रुष्ट बनेका छन् । राष्ट्र बैंकले जारी गरेको निर्देशिकाका वावजुद पनि साउन महिनामा औद्योगिक संस्थानहरुले ५ अर्ब ७९ करोड, व्यापारिक संस्थाले ७ अर्ब ४५ करोड र अन्य संस्थानहरुले १ अर्ब ९६ करोड रुपैयाँ चालु पुँजी कर्जा लिएका छन् । यस अवधिमा सेवा क्षेत्रका संस्थाहरुले लिएको कर्जा भने ३ अर्ब ७२ करोड रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार गत आवको असार मसान्तसम्म सेवा क्षेत्रका संस्थानहरुले १४ खर्बै १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको चालु पुँजी कर्जा लिएका थिए । तर, चालु आवको साउन मसान्तसम्म उक्त कर्जा घटेर १३ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो ।

कुनै पनि व्यापारिक, ओद्योगिक संस्थाहरुले आफ्ना चालु पुँजीको आधारमा यस्तो कर्जा बैंकबाट पाउँछन् । यता साउन महिनामा २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको टर्म लोन, ५ अर्ब ७० करोड रुपैयाँ बराबरको ओभरड्राफ्ट र ६१ करोड ५३ लाख रुपैयाँ बराबरको आयात कर्जा थपिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस्तै यस अवधिमा ४ अर्ब १६ करोड रुपैयाँको घरकर्जा र १२ अर्ब ६२ करोड रुपैयाँ बराबरको रियल स्टेट कर्जा पनि कर्जा प्रणालीमा थपिएको छ । बैंकहरुले बजारमा तरलताको कमी भईरहेको बताईरहँदा पनि चालु आवको साउन महिनामा कर्जा प्रणालीमा १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL