Logo

यातायात क्षेत्र सुधारका लागि सरकारले छुट्टै कमिटि गठन ग¥यो, चालक अनुमतिपत्र दिने व्यवस्थालाई पनि परिवर्तन गरिने

यातायात क्षेत्र सुधारका लागि सरकारले छुट्टै कमिटि गठन ग¥यो, चालक अनुमतिपत्र दिने व्यवस्थालाई पनि परिवर्तन गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ मंसिर, काठमाडौं । सरकारले सवारी दुर्घटना न्युनिकरण गर्न छट्टै कमिटि गठन गरेको छ । सरकारले समग्र यातायात क्षेत्र सुधार तथा दुर्घटना न्यूनिकरणका लागि समिति उक्त कमिटि गठन गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यातायात व्यवस्था मन्त्रालयका सचिव, नेपाल प्रहरीका एआइजी, कानून मन्त्रालयका सहसचिवसहितको समिति गठन गरेको हो ।
सरकारले चालक अनुमति पत्रको विद्यमान प्रावधानलाई पनि परिमार्जन गरी कडा बनाउने निर्णय गरेको छ ।

समितिलाई तत्काल कार्यान्वयन गर्नु पर्ने, सात दिनभित्र सुधार गर्नु पर्ने र १५ दिनभित्र दुर्घटना न्यूनिकरण तथा यातायात क्षेत्र सुधारका लागि दिर्घकालिन योजना समेटिएको प्रतिवेदन बुझाउने गरी तीन चरणमा काम गर्न जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद् बैठकले संस्कृतिविद् सत्यमोहन जोशीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ । यस्तै, उखुलाई राष्ट्रिय बाली घोषणा गरकोे छ । यसैगरी बैठकले कृषि सामग्रीमा अमरराज खयर दुग्ध विकास संस्थानमा गंगा तिमिल्सिना, र राष्ट्रिय विउविजन विभागको महाप्रवन्धकमा धर्मराज अधिकारीलाई नियुक्त गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL