Logo

Global_Ime

देशैभर मतगणना हुँदैं, स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो

देशैभर मतगणना हुँदैं, स्थगन भएका मतदान केन्द्रको सङ्ख्या ७९ पुग्यो



काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको हाल देशभर मतगणना भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ ।

laxmi bank orange saving
NABIL

यस्तै देशभर स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ७९ पुगेको छ । निर्वाचन आयोगले गएराति २२ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको सङ्ख्या थप भएको हो ।

हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो । आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc