Logo

संकटमा अर्थतन्त्र : शोधनान्तर स्थिति ५ महिनामै १ खर्ब ९५ अर्बले घाटा, विदेशी मुद्रा संचितीमा १३.३ प्रतिशतले गिरावट

संकटमा अर्थतन्त्र : शोधनान्तर स्थिति ५ महिनामै १ खर्ब ९५ अर्बले घाटा, विदेशी मुद्रा संचितीमा १३.३ प्रतिशतले गिरावट



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ५ महिनामा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले रुपैयाँले बचतमा रहेको थियो ।

laxmi

यसैगरी २०७८ असार मसान्तमाको तुलनमा ५ महिना पार गर्दा विदेशी मुद्रा संचितीमा १३.३ प्रतिशतले गिरावट आएको छ । असार मसान्तसम्ममा कुल विदेशी मुद्रा संचिती १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेकोमा मंरिसम्ममा आईपुग्दा घट्दै १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । डलरमा तुलना गर्दा कुल विदेशी मुद्रा संचितीमा १४.६ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को ५ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७८ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ५६.९ प्रतिशत र २३.२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए । समीक्षा अवधिमा चालु खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले मात्र घाटामा रहेको थियो ।

तर सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने ५७ प्रतिशतले बढेको छ । गत आबको सोही अबधिमा कुल वैदेशिक लगानी ४ अर्ब ५० करोड रुपैयाँ भित्रिएकोमा चालू आबमा वृद्धि भई ७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL