Logo

भारतबाट आयो १० लाख डोज खोप, दशैंपछि लगाउने तयारी

भारतबाट आयो १० लाख डोज खोप, दशैंपछि लगाउने तयारी



काठमाडौं । भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । सरकारले अग्रिम भुक्तानी गरेको झण्डै आठ महिनापछि अखोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ ।

laxmi

सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदका लागि सम्झौता भएको थियो ।

सरकारको पटक–पटकको पहलपछि शनिबार बाँकी १० लाख खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । सम्झौताकै समयमा सरकारले चार डलरका दरले अग्रिम भुक्तानी गरेको थियो । भारतबाट आएका दश लाख डोज खोप दसैँपछि लगाउने सरकारको तयारी छ ।

९ माघ ०७७ मा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतबाट दश लाख अनुदान, दश लाख खरिदको, नेपाली सेनालाई एक लाख सहयोग र कोभ्यास सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL