Logo

सुनको मूूल्य बढ्यो, प्रतितोला ८९ हजार २ सयमा कारोबार हुँदैं

सुनको मूूल्य बढ्यो, प्रतितोला ८९ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोला ८९ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर प्रतितोला ११४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL