Logo

नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा प्रतिष्ठित उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन

नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा प्रतिष्ठित उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन



काठमाडौं । नेपालको चर्चित नाङ्लो रेस्टुरेन्टका संस्थापक तथा उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । होटल एसोसिएसन हानका पूर्वअध्यक्ष समेत रहेका कक्षपतिको थाइल्याण्डमा सोमबार निधन भएको हो ।

मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपतिको झण्डै दुई महिनादेखि थाइल्याण्डमा नै उपचाररत रहेका थिए । कक्षपति शुभतारा स्कुलका संस्थापक पनि हुन् ।

कक्षपतिको नेपालमा ब्यूटी प्याजेन्टहरू सुरू गर्न पनि ठुलो योगदान रहेको छ । कक्षपतिका पत्नीसहित एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL