Logo

प्रतिनिधीसभा निर्वाचनको कार्यतालिका तय, असोज २० देखि कात्तिक १ सम्म उम्मेदवारी मनोनयन गरिसक्नुपर्ने

प्रतिनिधीसभा निर्वाचनको कार्यतालिका तय, असोज २० देखि कात्तिक १ सम्म उम्मेदवारी मनोनयन गरिसक्नुपर्ने



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधीसभा निर्वाचनको चुनावी कार्यतालिका बनाएको छ । कात्तिक २६ र मंसिर ३ मा दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेपछि आयोगले यसको कार्यतालिका तय गरेर सार्वजनिक गरेको हो ।

निर्वाचन प्रयोजनका लागि भन्दै आयोगले पहिलो चरणको निर्वाचन कात्तिक २६ गतेका लागि उम्मेदवारी दर्ताका लागि असोज २० र २१ गते समय तय गरेको छ । यस्तै दोस्रो चरण मंसिर ३ का लागि असोज ३१ र कात्तिक १ मा उम्मेदवारी मनोनयनको कार्यतालिका तोकेको छ ।

पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली असोज २५ गते नै सार्वजनिक गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह् पनि सोही दिन नै दिने गरी आयोगले कार्यतालिका बनाएको छ। त्यस्तै दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई चुनावचिन्ह दिने तयारी आयोगले गरेको छ ।

यद्यपी प्रतिनिधीसभा विघटनको विषय अहिले अदालतमा छ । अदालतले यसै साता यस विषयमा निर्णय गर्ने तयारी छ । राजनीतिक दल दर्ता साउन १६ देखि २३ गतेसम्म गर्ने र त्यसै अवधीमा राजपत्रमा दर्ता भएका दलहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि आयोगले बनाएको छ । निर्वाचनको अनितम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने आयोगले कार्यतालिका बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL