Logo

‘डेल्टा भेरियन्ट’ का कारण तीव्र संक्रमणको खतरामा दक्षिण एशियाली देश, नेपाल कति सुरक्षित छ ?

‘डेल्टा भेरियन्ट’ का कारण तीव्र संक्रमणको खतरामा दक्षिण एशियाली देश, नेपाल कति सुरक्षित छ ?



काठमाडौं । पछिल्लो समय दक्षिण एशियाली प्राय देशहरुमा कोरोना महामारीको प्रकोप घट्नुपर्नेमा बढ्दै गइरहेको छ । नेपालमै पनि कोरोना कम भएको भन्दै गत भदौमा निषेधाज्ञा हटाइएपनि दोश्रो लहरका कारण बैशाखदेखि पुनः निषेधाज्ञा गर्नुपर्ने गरी महामारी फैलियो ।

भारतले आफ्नो कहालीलाग्दो मानिएको कोराना महामारीको दोस्रो लहरलाई सामना गरेपनि अन्य केही देश तथा भारतकै केही प्रान्तहरुमा कोरोनाको संक्रमण बढ्ने क्रम बाँकी नै छ । भारतमा लगातार बढ्दै गएको कोरोना केस मेको मध्ययता केही कम हुँदै गएको छ । यस्तै भारतका छिमेकी देशहरु नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तानलगायतका देशहरुमा कोरोना संक्रमणमा उतारचढाव आइरहेको छ ।

यसका वावजुद पाकिस्तान र श्रीलंकाले निषेधात्रा केही खुकुलो बनाएपनि नेपालले भने राजधानी काठमाडौंमा अझै प्रकोप रहेको भन्दै निषेधाज्ञा जारी राखेको छ । यस्तै बंगलादेश र अफगानिस्तानमा भने अझै पनि कोरोना भाईरसका केसहरु बढिरहेका छन् । बंगलादेशले भने खोप अभियान स्थगित गरेपछि गत मे महिनाबाट कोरोना संक्रमण बढेको बढ्यै छ । यस्तै अफगानिस्तानमा पनि गत मे महिनाबाट कोरोनाका केसहरुले रेकर्ड ब्रेक गरिरहेको छ । तर अफगानिस्तान सरकारले यसरी एकाएक कोरोनाका केसहरु बढ्नुमा डेल्टा भेरियन्ट प्रमुख कारण रहेको बताएका छन् ।

के हो डेल्टा भेरियन्ट ?

डेल्टा भेरियन्ट कोरोना महामारीलाई तीव्र रुपमा फैलाउन मद्दत गर्ने कोरोनाकै एक प्रकार हो । यसकै कारण भारतमा पछिल्लो समय कोरोना महामारीले भयंकर रुप लिएको बताइएको छ । यस्तै यसका छिटफुट केसहरु नेपाललगायत भारतका अन्य छिमेकी देशहरुमा रहेको पाईएको छ ।

यसको पहिलो केस गत मे महिनामा बंगलादेशमा पाइएको बताईएको छ । यस्तै पछिल्लो समय भेटिएका ८० प्रतिशत बढी केसहरु यसकै कारणले भएको घोषणासमेत गरिएको छ । त्यसपछि बंगलादेश सरकारले भारतलगायत देशका सीमानाकाहरु बन्द गरेर यसको नियन्त्रणका लागि भन्दै विभिन्न पहलकदमीहरु चाल्यो । बंगलादेशी सरकारले चनाखो भएर यसबेला काम गर्याे ।

यस्तै नेपालले पनि भारतसँगको सीमानाका बन्द गर्याे र विभिन्न स्थानमा कोरोनाका नयाँ केस देखिएपछि यसको परिक्षणका लागि भारत पठायो । पाकिस्तानमा पनि डेल्टा भेरियन्टको केस देखिए र सरकारले यसलाई चौथो लहर भन्दै जनतालाई सचेत तुल्यायो । यस्तै अन्य खाडी मुलुकहरुबाट आउने कामदारहरुमा पनि पनि यस्ता केसहरु देखिन थाले । अफगानिस्तानमा भने डेल्टा भेरियन्टकै कारण एक महिनामा कोरोना पोजेटिभ केस ८ प्रतिशत बाट बढेर ६० प्रतिशतसम्म पुगे ।

केही देशहरुले कोरोनाका केसहरु देखिरहेपनि परीक्षण भने घटाएका छन् । जसमा नेपाल पनि एक हो । नेपालले क्रमिक रुपमा कोरोना परीक्षण घटाइरहँदा केसहरु भने घटिरहेको देखिएको हो ।

यस्तै डेल्टा भेरियन्टका कारण केसहरु बढिरहँदा खोप लगाउने कार्यमा भने लगातार कमी आएको छ । नेपाल, बंगलादेश, पाकिस्तानलगायत दक्षिण एशियाका धेरै देशहरुले कोरोनाका केसहरु बढिरहेपनि परीक्षण भने घटाएका छन् । जसका कारण स्थितिसमेत भयावह हुने अवस्था आएको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL