Logo

माथिल्लो तामाकोसीबाट विद्युत उत्पादनको तयारी, पहिलो युनिटबाट विद्युत उत्पादन परीक्षण भोलिबाट

माथिल्लो तामाकोसीबाट विद्युत उत्पादनको तयारी, पहिलो युनिटबाट विद्युत उत्पादन परीक्षण भोलिबाट



काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको आइतबारबाट उत्पादन परीक्षण हुने भएको छ। राष्ट्रिय गौरवअन्तर्गत पर्जे उक्त आयोजनाको आंशिक रुपमा उत्पादन परीक्षण गर्न लागिएको आयोजना कार्यालयको भनाइ छ।

laxmi

४ सय ५६ मेगावाटको उक्त आयोजनाबाट सुरुमा ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादन परीक्षण गर्न लागिएको जनाइएको छ।

आयोजना कार्यालयका अनुसार कुनै समस्या नआए भोलिबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सकिनेछ । कोरोनाका कारण केही समय स्थगित बनेको काम अहिले जारी छ । नेपालमा उत्पादित विद्युत् अपुग हुँदा भारतबाट आयात हुँदै आएको छ ।

तर यो आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुन थाले सम्भवतः आयात नै गर्नुनपर्ने स्थिति बन्ने आँकलन गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL