Logo

नेपालमा पुनर्बीमा दलाल कम्पनी संचालनका लागि बाटो खुल्यो, बीमा समितिले जारी गर्याे निर्देशिका

नेपालमा पुनर्बीमा दलाल कम्पनी संचालनका लागि बाटो खुल्यो, बीमा समितिले जारी गर्याे निर्देशिका



काठमाडौं । बीमा समितिले नेपालमा पुनर्बीमा ब्रोकर संचालनका लागि निर्देशिका जारी गरेको छ । समितिले बुधबार बीमा व्यवसाय सञ्चालन गर्न सञ्चालित संगठित संस्थाको अधिकृत पूँजी कम्पनीमा १० करोड रुपैयाँ हुनुपर्ने गरी पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ जारी गरेको हो ।

laxmi

बीमा ऐनमा टेकेर जारी गरिएको निर्देशिकामा १० करोड रुपैयाँ पूँजीको ५० प्रतिशत रकम चुक्ता पूँजीको रूपमा कामय गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख छ । यस्तै यस्तो दलाल सेवा संचालनका लागि अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एआर मार्क गराई वाणिज्य बैंकको मुद्धती खातामा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार पुनर्बीमा ब्रोकरले बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमक (पुनर्बीमित) को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसंग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा÷ पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउनु पर्नेछ ।

निर्देशिकाका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
MBL