Logo

‘वर्क फ्रम होम’का बावजुद पनि घट्यो ल्यापटपको व्यापार, आम्दानीमा गिरावट आउने उत्पादकहरुको चिन्ता

‘वर्क फ्रम होम’का बावजुद पनि घट्यो ल्यापटपको व्यापार, आम्दानीमा गिरावट आउने उत्पादकहरुको चिन्ता



काठमाडौं । विश्वभर ल्यापटपको बजार ८ दशमलव ७ प्रतिशतले घटेको छ । सन २०२० को अन्तिम त्रैमासको तुलनामा चालु बर्ष अर्थात सन २०२१ को पहिलो त्रैमासमा विश्वभर ल्यापटपको व्यापारमा गिरावट आएको हो ।

कोरोना महामारीका कारण अनलाइन क्लास र ‘वर्क फ्रम होम’ अर्थात घरैबाट कम्प्युटरबाट गरिने कामहरुमा वृद्धि आएपनि ल्यापटपको व्यापारमा कमी आउनुलाई अच्चम्म मानिएको छ ।

खासगरी विद्यालयहरुले प्रत्येक बर्षको दोस्रो त्रैमासमा भरपुर मात्रामा ल्यापटप खरिद गर्ने गर्छन । अर्थात यो बर्षको दोस्रो त्रैमास पनि भरपुर मात्रामा ल्यापटपको व्यापार हुने समय हो ।

यसको बारेमा अनसन्धान गर्ने डिजीटाईम्सका अनुसार विश्वभर पर्सनल कम्प्युटर (पीसी) को सिपमेन्ट ६२ मिलियन हुने अनुमान गरिएको छ । जुन यो बर्षको पहिलो त्रैमासको तुलनामा १० प्रतिशतले बढि हो । विश्वबजारमा ल्यापटपको व्यापारमा प्रमुख भुमिका निर्वाह गर्ने विभिन्न कम्पनीहरुले आफ्नो आम्दानीमा गिरावट आउने आँकलन गरिरहेका छन् ।

तर, लेनोभोले भने आफ्नो आम्दानीमा केही वृद्धि हुने आँकलन गरेको छ । जहाँ एप्पलले आफ्नो आईम्याक्स र आईप्याड प्रोको उत्पादनमा वृद्धि गरेसँगै पीसीको व्यापारमा गिरावट आउने अनुमान गरेको छ ।

यस्तै डेलले आफ्नो उत्पादन भरपुर मात्रामा उत्तर अमेरिकामा विक्री हुने अनुमान गरेको छ भने एसर र असुसले भने आफ्ना उत्पादन गेमिङ प्रणालीबाट टाढा रहेपछि व्यापार घट्ने अनुमान गरेका छन् । तर सामसङले भन आफ्नो ल्यापटपको बजार बढ्ने अनुमान गरेको छ । –नोटबुकचेकडटनेटबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL