Logo

करिव ६ अंकले घट्यो नेप्से, १८ करोडको कारोवार

करिव ६ अंकले घट्यो नेप्से, १८ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुुचक ५ दशमलव ९१ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ९४ अंकमा झरेर बन्द भएको हो ।

कारोवारमा आएका अधिकांश समुहको सूचक ओरालो लागेकोले समग्र सेयर बजार ओरालो लागेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ३४ दशमलव ७१ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत १६ दशमलव ८१,बैंकिङ ९ दशमलव ४६ अंकले घटेको छ ।

त्यसैगरी उत्पादन, फाइनान्स र विकास बैंकको सुचक क्रमशः १, ० दशमलव ८१ र ० दशमलव ५४ अंकले ओरालो लागेको छ । यता होटल तथा अन्य समुहको परिसुचक भने ४ दशमलव ४८ र १० दशमलव ५८ अंकले बढेको छ ।

सो दिन १ सय ७ कम्पनी कारोवारमा आएको थियो । ५ लाख ५ हजार कित्ता सेयरबाट १८ करोड ४६ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL