Logo

प्रभु लाइफको आईपीओ बाँडफाँड, ५ लाख ९ हजार बढीको हात खाली

प्रभु लाइफको आईपीओ बाँडफाँड, ५ लाख ९ हजार बढीको हात खाली



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

laxmi

कम्पनीको आईपीओमा आवेदन दिएका योग्य आवेदकहरु मध्येबाट धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा पाँच लाख ४० हजार आवेदकले १० कित्ताको दरले पाएको छ ।

कम्पनीको आईपीओमा कुल १० लाख ५१ हजार ११६ जनाको आवेदन परेकामा दुई हजार १६९ आवेदकबाट माग भएको ४७ हजार ७२० कित्ता सेयर आवेदन रद्द भएको थियो । बाँकी रहेका १० लाख ४९ हजार ४७ जना योग्य आवेदकले माग गरेको दुईकरोड ७८ लाख २१ हजार १६० कित्ता सेयरको आवेदन मध्येबाट गोलाप्रथाबाट आधारमा पाँच लाख ४० हजार आवेदकलाई ५४ लाख कित्ता सेयर बाँडफाँड भएको छ ।

बाँकी रहेका पाँच लाख ९ हजार ४७ जना योग्य आवेदकले भने सेयर नपाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ५४ करोड रुपैयाँबराबरको ५४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुलाएको थियो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न अमुमति पाएको थियो ।

जसबाट पाँच प्रतिशत अर्थात् तीन लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् तीन लाख कित्ता नै सामूहिक लागानी कोषहरुलाई छुट्याएर बाँकी सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६० करोड रहेकोमा आईपीओ जारीपछि दुई अर्ब पुग्नेछ । म्पनीको आईपीओ नतिजा केही समयमा मेरो सेयरमा राखिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL