Logo

करिव १२ अंकले बढ्यो नेप्से, ५९ करोडको कारोवार

करिव १२ अंकले बढ्यो नेप्से, ५९ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१३ असोज, काठमाडौं । बुधवार नेप्से परिसुचक ११ दशमलव ९८ अंकले बढेको छ । सो दिन १ हजार १ सय ८१ अंकमा पुगेर बजार बन्द भएको छ ।

बुधवार कारोवारमा आएका सवै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव पारेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २८ दशमलव १८ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल समुहको १५ दशमलव १३ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १५ दशमलव १३ अंकले बढेको छ । त्यस्तै जलविद्युत, विकास बैंक,अन्य र फाइनान्स समुहको सुचक क्रमशः १२ दशमलव ६७, ९ दशमलव ८,२ दशमलव ३५ र २ दशमलव २७ अंकले बढेको छ ।

सो दिन १ सय २७ कम्पनी कारोवारमा आएका थिए । ९ लाख २७ हजार कित्ता सेयरबाट ५९ करोड २४ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL