Logo

नेप्से ओरालो लाग्ने क्रम जारी, विहीवार पनि ३ अंकले घट्यो

नेप्से ओरालो लाग्ने क्रम जारी, विहीवार पनि ३ अंकले घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
२७ कात्तिक, काठमाडौं । साताको शुरु देखि आरालो लागेको नेप्से विहिबार पनि ३ अंकले ओरालो लागेको छ । विहिबार पनि शुरु देखि नै आरालो लागेको नेप्से परिसुचक ३ दशमलव ३८ अंकले घट्दै ८ सय ८१ अंकमा आएर अडिएको छ । सातामा बुधबार ८ अंकले बढे पनि अन्य सवै दिन परिसुचक आरालो लाग्यो ।
विहिबार सवैभन्दा बढी जलविद्युत् समुहको २७ दशमलव १५ अंकले घटेको छ । अघिल्ला दिनमा उच्च रुपमा घटेको बीमा समुह विहिबार भने सामान्य रुपमा घटेको छ । यस्तै बैंकिङ समुह भने ३ दशमलव ३८ अंकले घटेको छ भने डेभलपमेन्ट बैंक समुह २ दशमलव ९१ अंकले घटेको छ । अघिल्ला दिनमा उकालो लागेको होटल समुहको नेप्से परिसुचक विहिबार १६ दशमलव ७८ अंकले घटेको छ । विहिबार बजारमा फाइनान्स र अन्य समुहको परिसुचक भने केही बढेको छ ।
विहिबार बजारमा कुल २४ करोड ३६ लाख रुपैयाँका बराबरका ५ लाख २५ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्ला दिनको तुलनामा विहिबार कारोबार रकम भने बढेको छ । यो साता पहिलो दिन देखिनै बजार ले बियरिशलाई पछयाउँदै गएकाले लगानीकर्ताहरु निरुत्साहित बनेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL