Logo

४ अंकले घट्यो नेप्से, ११ करोडको कारोवार

४ अंकले घट्यो नेप्से, ११ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ बैशाख,काठमाडौं । बुधवार नेप्से परिसुचक ४ दशमलव २३ अंकले घटेको छ । सो दिन ९ सय ४८ अंकबाट खुलेको सेयर बजार ९ सय ४४ मा झरेर बन्द भएको हो ।

सो दिन कारोवारमा आएका मध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव ७४ अंकले घटेको छ । त्यस्तै जलविद्युतको १७ दशमलव २,होटल समुहको ६ दशमलव ४,बैंकिङ समुहको ४ दशमलव ५४, विकास बैंकको २ दशमलव ९४ र फाइनान्स समुहको परिसुचक ० दशमलव ०६ अंकले ओरालो लागेको छ ।

यता अनय समुहको परिसुचक भने ४ दशमलव ६९ अंकले उकालो लागेको छ ।

नयाँ बर्षको दोश्रो दिन आज १ सय २४ कम्पनीको २ लाख ८५ हजार कित्ता सेयर किनबेचबाट ११करोड ७२ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL