Logo

माछापुच्छ्रे क्यापिटल तथा अप्पर स्यांगे हाईड्रोपावरबीच सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्ने सम्झौता

माछापुच्छ्रे क्यापिटल तथा अप्पर स्यांगे हाईड्रोपावरबीच सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्ने सम्झौता



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्यांगे हाईड्रोपावर लिमिटेडबीच अप्पर स्यांगे हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा असार २२ गतेका दिन हस्ताक्षर भएको हो । सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्यांगे हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक विर बहादुर घलेद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यस सम्झौतासँगै अप्पर स्यांगे हाईड्रोपावरको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य माछापुच्छ्रे क्यापिटल बागदरबार, काठमाडौ जेडीए कम्पलेक्सको तेश्रो तल्लाबाट हुनेछ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दैै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्