काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १७.३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।
चैत मसान्तसम्म कम्पनीले ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १९.७६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। त्यस्तै, कम्पनीको कुल आम्दानी २१.७६ प्रतिशतले बढेर ५ अर्ब २० करोड रूपैयाँ पुगेको छ ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ८९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ५० लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १२.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.२४ रुपैयाँ र पीई रेसियो ८०.७३ गुणा रहेको छ।