Logo

जुवाजस्तो सेयर बजार, एलन मस्कले एकै दिन गुमाए १० अर्ब डलरको सम्पत्ति

जुवाजस्तो सेयर बजार, एलन मस्कले एकै दिन गुमाए १० अर्ब डलरको सम्पत्ति



काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटे । जसमा उनको कम्पनी टेस्लाले भारतमा ठूलो लगानी गर्ने संकेत दियो । जसका कारण कम्पनीको शेयरमा ठूलो उछाल आउनुका साथै मस्कको नेटवर्थ ९ अर्ब ९५ करोड डलरले बढ्यो ।

laxmi

तर, बुधबार उनले एकै झट्कामा उनले थप सम्पत्ति गुमाए । टेस्लाको सेयर बुधबार ५.४६ प्रतिशतले घटयो जसका कारण मस्कको नेटवर्थ १०.७ अर्ब डलरले घट्यो । कसै–कसैले सेयरबजारलाई जुवाघरजस्तो उपमा दिन्छन । मस्कको मंगलबार बुधबारको सेयरमा आएको उतारचढावलाई हेर्दा त्यस्तै देखिन्थ्यो । मस्कको कुल सम्पत्ति अहिले २३२ अर्ब डलर छ । यो वर्ष उनको कुल सम्पत्ति ९५ अर्ब डलरले बढेको छ । मस्क टेस्ला र स्पेसएक्सका सीईओ हुन् । उनी सोलार्सिटीका अध्यक्ष र माइक्रोब्लगिङ साइट ट्विटरका मालिक पनि हुन ्।

बुधबार, विश्वका शीर्ष १२ धनीहरूको नेटवर्थ घट्यो, भने मुकेश अम्बानी र गौतम अडानीको नेटवर्थ बढ्यो । ल्यारी पेज मस्क पछि सबैभन्दा धेरै गुमाउनेमा थिए । उनको कुल सम्पत्ति २.८ बिलियन डलरले घट्यो । त्यस्तै सर्गे ब्रिनले १.९६ बिलियन डलर, स्टिभ बाल्मरले १.४६ बिलियन डलर र जेफ बेजोसले १.०२ बिलियन डलर गुमाए । अर्कोतर्फ, भारतीय शेयर बजारमा रेकर्ड उच्च हुँदा अम्बानी र अडानीलाई फाइदा भयो । अम्बानीको कुल सम्पत्ति ३३० मिलियन डलरले बढेको छ भने अडानीको कुल सम्पत्ति २२३ मिलियनले बढेको छ ।

शीर्ष धनीमा को–को छन् ?

२ सय ३२ अर्ब डलरको कुल सम्पत्तिका साथ मस्क विश्वका धनीहरूको सूचीमा पहिलो स्थानमा छन् । फ्रान्सका बर्नार्ड अर्नाल्ट १९७ बिलियन डलरसहित दोस्रो नम्बरमा छन् । जेफ बेजोस (१४९ बिलियन डलर) तेस्रो, ल्यारी एलिसन (१३५ बिलियन डलर) चौथो, बिल गेट्स (१३२ बिलियन डलर) पाँचौ, वारेन बफेट (११८ बिलियन डलर) छैटौं, स्टिभ बाल्मर (११६ बिलियन डलर) सातौं, ल्यारी पेज (११० बिलियन डलर) आठौं, सेर्गेई ब्रिन (४ज्ञण्छ बिलियन) नवौं र मार्क जुकरबर्ग (१०३ बिलियन) दशौंमा छन्। यस सूचीमा ८८.७ बिलियन डलरको कुल सम्पत्तिका साथ अम्बानी १३ नम्बरमा र अदानी ६१.६ बिलियन डलरको साथ २१ नम्बरमा छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL