Logo

पोखरा महोत्सव हुँदै, पोखरेलीले दिए राजधानिबासी र दोलखालीलाई निम्तो

पोखरा महोत्सव हुँदै, पोखरेलीले दिए राजधानिबासी र दोलखालीलाई निम्तो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

९ चैत, काठमाडौं । पश्चिमाञ्चल होटल संघ पोखराले काठमाडौं र दोलखाबासीलाई निम्तो दिएका छन् । जाउँ है पोखरा अभियानको प्रचारात्मक कार्यक्रममा निस्केको संघको टोलिले यही चैत महिनादेखि पोखरामा सुरु हुने १२औं फेवा नव वर्ष महोत्सवमा सहभागी हुन आव्हान गरेका हुन् ।

संघले आइतबार काठमाडौं र सोमबार दोलखाको चरिकोटमा पत्रकार सम्मेलन गरी महोत्सवको निमन्त्रणा गरेको हो ।

संघका अध्यक्ष भरतराज पराजुलीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले तेह्र वर्ष अघि जाउँ है पोखरा अभियान संचालन गरेको जानकारी दिए । त्यसलाई निरन्तरता दिदै साथै यस पटकको फेवा नव वर्ष महोत्सवमा सहभागी हुन राजधानि तथा दोलखालीलाई आव्हान गर्न आएको बताए ।

साथै चैत ३० र वैशाख १ गते लेकसाइडमा सडक महोत्सवको समेत आयोजना गरिने बताए । महोत्सव चैत २८ देखि आगामी वैशाख २ गतेसम्म फेवा किनार स्थित वसुन्धरा पार्कमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL