Logo

एमभी दुगडको विबेक अटोद्वारा मानव सेवा आश्रमलाई सहयोग, रोयल इन्फिल्डको ‘वेलफेयर राइड’ कार्यक्रम आयोजना

एमभी दुगडको विबेक अटोद्वारा मानव सेवा आश्रमलाई सहयोग, रोयल इन्फिल्डको ‘वेलफेयर राइड’ कार्यक्रम आयोजना



काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता तथा औद्योगिक घराना एम भी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रालिले ‘वेलफेरराइड’ कार्यक्रम आयोजना गरेको छ ।

laxmi

बालाजुस्थित रोयल इन्फिल्ड शो रुमदेखि सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए । मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो । यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाइकल र्याली गरिएको थियो ।

वृद्ध ज्येष्ठ नागरिक अनि असक्त बुवाआमालाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहेका बुवाआमासँग अन्तकक्रिया गर्ने मुख्य उद्देश्य राखेर बिहानको ०८ बजेदेखि रुयालि सुरु भएको थियो । र्याली गोंगबु, महाराजगंज, गोल्फुटार हुदैँ मानव सेवा आश्रम, नारायणथानमा पुगी समापन भएको थियो ।

मानव सेवा आश्रम पुगेर एमभी दुगड ग्रुप टीम र राइडरले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तक्रिया कार्यक्रम पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL